Friday, January 25, 2013

Nepali Movie Manjari Promo

Like Us On Facebook Click Here
बुटवलमा घटेको एक सत्य घटनामा आधारित रहेर गणेश देव पाण्डेले निर्देशन गरेको फिल्म 'मञ्जरी' को प्रोमो रिलिज गरिएको छ । चैत्र ९ मा रिलिज हुने यो फिल्मबाट गौरब पहारी र सुजाता कोईरालाले डेब्यू गरेका छन् । यि दुई नयाँ अनुहारले टिनेजर केटाकेटीको प्रेमकथालाई प्रतिनिधित्व गर्दै अभिनय गरेका छन् । टुका ईन्टरटेन्मेन्टको ब्यानरमा नरेश देब पाण्डे, महेश चालिसे र प्रदीप कुमार उदयले निर्माण गरेको यो फिल्ममा टिका पहाडी, बिष्णु रिजाल, सरिता भण्डारी र कोपिला थापाको पनि मुख्य भुमिका रहेको छ । बुटवलमा छायाँकन गरिएको मञ्जरीलाई महेश पौडेलले खिचेका हुन् । फिल्ममा कालिप्रसाद बाँस्कोटाको संगीत, गम्भिर बिष्टको करियोग्राफी तथा अनन्त थपलियाको सम्पादन रहेको छ ।

Labels: ,