Thursday, September 6, 2012

अमेरिकाले माओवादीलाई आतंककारीको सुचीबाट हटायो

Like Us On Facebook Click Here
अमेरिकाले नेपालका माओवादीहरुलाई आतंककारीको सुचीबाट हटाएको घोषणा गरेको छ । अमेरिकाको विदेश मन्त्रालयले विहिवार वक्तब्य जारी गरी नेपालको माओवादी पार्टीलाई आतंककारीको सुचीबाट हटाइएको जनाएको हो । अमेरिकाले माओवादीलाई कार्यकारी कानुनको १३२२४ अन्तरगत विश्वब्यापी आतंककारी समुहहरुको सुचीमा राखेको थियो । विहिबारबाटै माओवादीलाई उक्त सुचीवाट हटाइएको हो ।
त्यसैगरी अमेरिकाले माओवादीलाई आप्रवासी एवं राष्ट्रियता सम्वन्धी कानुन आइएनए अन्तरगत आतंककारी गतिविधिमा संलग्नहरुको सुचीमा आतंककारी संगठनका रुपमा सुचीकृत गरेको थियो । सुचीबाट हटाइएसकेपछि अब अमेरिकी सरकारको अंगले नेपालका माओवादीपार्टीसंग विना कुनै रोकतोक काम गर्न सक्ने पनि विदेश मन्त्रालयले जनाएको छ ।
अध्ययनबाट अमेरिकी सकारको विदेश मन्त्रालयले नेपालका माओवादीहरु आतंककारी गतिविधिमा नरहेको स्पष्ट भएको पनि जनाएको छ । विदेश मन्त्रालयले भनेको छ –“ नेपालका माओवादीहरुबाट अमेरिकाको सुरक्ष्ाँ र विदेश नीति खतरा नरहेको तथा अब उनीहरुको आतंककारी गतिविधिमा संलग्नता नरहेको मन्त्रालयले ठहर गरेको छ । ”
यसका अतिरिक्त पछिल्ला वर्षमा नेपालको माओवादी पार्टी गठबन्धन सरकारको प्रमुखमा निवार्चित भएकाले र नेपालको शान्ति प्रकृयाका लागि विश्वसनीय प्रतिवद्धता प्रदशन गरेकाले आतंककारीको सुचीबाट हटाइएको अमेरिकी सरकारले जनाएको छ । अहिले सुचीबाट हटाउदैमा विगतमा माओवादीले गरेको हिंशालाई भने विर्सन र सही ठान्न नसकिने पनि विदेश मन्त्रालयले जनाएको छ ।
आगामी दिनमा शान्तिप्रकृया र प्रजातान्त्रिक राजनीतिक संवादमा माओवादीको संलग्नताको निरन्तरतालाई आफूहरुले निगरानी गर्ने पनि वक्तब्यमा जनाइएको छ । माओवादीलाई सुचीवाट हटाउनुले शान्ति प्रकृयामा विश्वसनीय तरिकाले लाग्नेहरुलाई आतंककारीको सुचीमा रहिरहनु नपर्ने कुरालाई प्रतिविम्बित गरेको पनि अमेरिकी सरकारको विदेश मन्त्रालयले जनाएको छ ।
वक्तब्यको पूर्ण पाठ  :


Labels: