Saturday, December 15, 2012

नायक राजेश हमाल पाएको खण्डमा प्रधानमन्त्री बन्ने

Like Us On Facebook Click Here

बिगत दुई दशक देखि नेपाली फिल्म क्षेत्रमा सक्रिय रहँदै आएका महानायक राजेश हमालले प्रधानमन्त्रीको अफर आए स्विकार्ने बताएका छन् । शनिबार फिल्मीखबरसँगको कुराकानीमा महानायकले राजनितीमा फिल्ममा जस्तो प्यासन नभए पनि जिम्वेवारी पाएको खण्डमा प्रधानमन्त्री बन्ने इच्छा देखाएका हुन् । 'फिल्ममा प्यासन भएको व्यक्तिको राजनितीमा खासै चासो हुँदैन तरपनि देशको लागि केहि गर्ने मौका मिल्छ भने म राजनितीमा आउछु', राजेशले भने, 'तर यो नसोच्नुस् अब म राजनितीमा छिर्छु ।' मौका मिले प्रधानमन्त्री बन्न चासो देखाएका राजेशले सन् २०१३ भित्रमा फिल्म निर्देशन र बिबाह गर्ने पक्का नै भएको बताए । सोही प्रसङ्गमा कुरा गर्दै फिल्मीखबरको मंसिर त सकियो नि भन्ने जिज्ञासामा उनले भने, 'खाने मुखलाई जुँगाले छेक्दैन त्यसैले बिहे गर्नका लागि मंसिर नै कुर्न पर्दैन । अबको मंसिर भने कट्न दिन्न ।
मधु भट्टराईसँग जोडिएको नामको बारेमा राजेशले अहिले केहि नबोल्ने बताए । उनले हाँस्दै भने, 'श्रीमती भईनसकेकाले मैले अर्काको छोरीको नाम कसरी लिनु ?' बिहेसँगै सन्तानको बारेमा जिज्ञासा राख्दा राजेशले 'आफु त अहिले सम्म बच्चै छु बच्चाको पनि बच्चा कसरी हुन्छ र' भन्दै हाँसेर टार्न खोजे । कुराकानीकै क्रममा उनले दोहोर्‍याएरै अब त बिहे गरेरै छाड्ने बताए । यस्तै उनको बिहे सारेका युवा ज्योतिष हरिहर अधिकारीले पनि राजेशको एक बर्ष भित्रमा बिहे हुने बताए ।

Labels: