Sunday, December 16, 2012

एम्वुलेन्स पल्टिँदा गर्भको शिशुको मृत्यु, सात घाइते

Like Us On Facebook Click Here

दमक,पुष १। पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरीमा गएराति एम्वुलेन्स पल्टिएर भएको दुर्घटनामा एक महिलाको गर्भको शिशुको ज्यान गएको छ । दुर्घटनामा अन्य सात जना घाइते भएका छन् । दुर्घटनामा घाइते भइ विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराइरहेकी झापा सुरुङ्गा ५ की २३ बर्षीया धनकुमारी पौडेलको गर्भको बच्चा मरेको प्रहरीले जनाएको छ । पौडेलको शिशु गर्भमै मरेपछि अप्रेसन गरी त्यसलाई निकालिएको थियो । पश्चिमबाट पूर्वतर्फ आईरहेको को १ च ५५४६ नम्बरको एम्बुलेन्स बयरवन ९ स्थित कानेपोखरीमा गएराति राति साढे एक बजेतिर अचानक अनियन्त्रित सडकदेखि पल्टिएर दुर्घटना भएको हो । दुर्घटनाका अन्य घाइतेहरूमा झापा सुरुङ्गा ५ की २६ बर्षीया निर्मला उप्रेती, ४० बर्षीय शम्भु कार्की, २५ बर्षीय सुवास पौडेल, गोमादेवी पौडेल, धरान १८ का रोशन विश्वकर्मा, सोभित राई र एम्बुलेन्स चालक धरान १८ का कञ्चन सेन्चुरी रहेका छन् । उनीहरू सवैको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ ।

Labels: