Wednesday, January 2, 2013

कम्प्युटर योगा कसरी गर्ने ?

Like Us On Facebook Click Here
दिनभरी कम्प्युटरमा काम गर्दागर्दै हैरान हुनुभएको छ ? दिनभरी कम्प्युटर चलाउँदा चलाउँदै आँखा दुख्ने, टाउको दुख्ने, ढाड दुख्ने जस्ता समस्या पनि उब्जिएका होलान् । तर चिन्ता नलिनुस् तपाइँले कम्प्युटरमा काम सँगै योगा र ध्यान पनि गर्न सक्नुहुन्छ जसले तपाइँलाई स्फूर्ति प्रदान गर्ने मात्र होइन स्वास्थ्य समस्या पनि दूर गरिदिन्छ ।
हो, कम्प्युटरको कामबाट केही मिनेट ब्रेक लिएर तपाइँले कम्प्युटर योगा गर्न सक्नुहुन्छ । केवल पाँच मिनेटको कम्प्युटर योगा तपाइँलाई स्वस्थ राख्न पर्याप्त हुनेछ । कसरी गर्ने कम्प्युटर योगा ध्यान ? एकछिन कि बोर्डबाट हात हटाउनुहोस् । आँखा चिम्लिनुहोस् र आफ्ना सेवाग्राहीको भलोको कामना गर्नुहोस् । तपाइँलाई अनुकुल हुने वा सधै सम्भिmरहने कुनै मन्त्र वा वाक्य उच्चारण गर्नुहोस् । आत्मशान्तिको लागि भगवान सँग प्रार्थना गर्नुहोस् । यदि तपाइँलाई इश्वरमा विश्वास छैन भने शुद्ध हृदयले आत्मशान्तिको कामना गर्नुहोस् । आफ्नो जिवनलाई सकारात्मक बाटोतर्फ लग्ने प्रण गर्नुहोस् । मनलाई शान्त बनाउनुहोस् र एक मिनेटसम्म ओम शान्ति मन्त्र जप गर्नुहोस् । केही समयको लागि शरीरलाई विश्रामको अवस्थामा छाड्नुहोस् । त्यसपछि आँखा खोल्नुहोस् । तपाइँले आफूमा नयाँ उर्जा संचार भएको पाउनुहुनेछ । त्यसपछि तपाइँ नयाँ उर्जाका साथ कम्प्युटरमा काम गर्न थाल्नुहुनेछ । यो कम्प्युटर ध्यान योगा तपाइँ आफ्नो कार्यस्थलको कुर्सीमै यथास्थितिमै बसेर गर्न सक्नुहुन्छ । दिनमा दुइ तिन पटक यस्तो कम्प्युटर योगा गर्दा कम्प्युटरले पूराउने हानी कम हुनेमात्र होइन तनाव तथा अरु स्वास्थ्य समस्या पनि कम हुने योग विज्ञहरुको दाबी रहेको छ । एजेन्सी

Labels: ,