Wednesday, January 2, 2013

अढाई बर्षपछि बलात्कारी पक्राउ

Like Us On Facebook Click Here
दमक ।
अढाई बर्षअघि बलात्कार गरी फरार भएका एक भुटानी शरणार्थीलाई प्रहरीले पक्राउ गरी कार्वाही प्रकृया अगाडि बढाएको छ ।
पक्राउ पक्राउ पर्ने भुटानी शरणार्थी शिविर बेलडाँगी १, सेक्टर जी ३, छाप्रो नम्बर ३६६ का २५ बर्षीय विनोद भन्ने टेक बहादुर विश्व हुन् ।
गत ०६७ जेठ १८ गते सोही शिविरकै एक महिलालाई बलात्कार गरी फरार रहेका विश्वलाई प्रहरीले खोजतलास गरिरहेकोमा गएकोमा सोमबार शिविरबाटै गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय दमककी असई गङ्गा राईले बताएकी छन् ।
बलात्कार गरी फरार रहेका विश्वविरुद्ध पीडित परिवारको तर्फबाट जिरीमाया राईले ०६७ जेठ १९ गते इलाका प्रहरी कार्यालय दमकमा जाहेरी दरखास्त दिएकी थिइन् ।

Labels: