Friday, January 4, 2013

खोकीको औषधीले २५ को ज्यान लियो

पाकिस्तान – पाकिस्तानको लाहोर सहरमा खोकीको झोल औषधिको सेवनबाट २५ जनाको मृत्यु भएको छ । उक्त औषधीले यसअघि हिजो १६ जनाको ज्यान गएकोमा आज पुनः मृतकको संख्या थपिएको हो । सो औषधिको सेवनबाट शनिबारसम्ममा २५ जनाको ज्यान गइसकेको अधिकारीहरुको भनाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । उनीहरुले लागूपदार्थको रुपमा धेरै मात्रामा प्रयोग गरेका पाइएको पनि बताइएको छ । सो औषधिको सेवनबाट विरामी परेका व्यक्तिहरु पूर्वी पाकिस्तानको लाहोर सहरको एक अस्पतालमा पुगेका र उनीहरुको उपचारका क्रममा नै मृत्यु भएको थियो । लाहोर सहरबाट करिब ७० किलोमीटर उत्तरमा रहेको गुजरवाला गाउँमा बुधबार ती सो विषाक्त औषधिको सेवनबाट विरामी परेका व्यक्तिहरुको पुगेका थिए । सो सहरको स्थानीय अस्पतालका चिकित्सक अनवर अमारले भने– बुधबारदेखि सो औषधि सेवनका विरामी उक्त अस्पतालमा आउन थालेका र शनिबारसम्ममा २५ को ज्यान गइसकेको पनि ती चिकित्सकले बताएका छन् । सो अस्पतालमा बुधबारदेखि ५४ जना विरामी भर्ना भएका छन् र ती मध्ये १६ को मृत्यु भइसकेको छ – चिकित्सकले भने ।

Labels: