Monday, March 25, 2013

ज्योतिष डा. भट्टराई भन्छन् – १२ बर्षपछि राजतन्त्र फर्कन्छ(भिडियो)

दमक । नेपाल पञ्चाड्ग निर्णायक समितिका अध्यक्ष डाक्टर माधव भट्टराईले बाह्र बर्षपछि नेपालमा राजतन्त्र फर्किने बताएका छन् । झापाको दमकमा पत्रकारहरूसँग कुरा गर्दै डाक्टर भट्टराईले उक्त कुरा बताएका हुन् । उनले संविधान सभामा जनताले राजतन्त्र फाल्न र हिन्दु धर्म नास गर्नका लागि मतदान नगरेको भन्दै जनभावना विपरित धर्मनिरपेक्षता घोषणा गरिएकाले हिन्दु राष्ट्र कायम गरी छाड्ने बताए। ‘जनताको म्यान्डेट बिपरित केही दलहरुले धर्मनिरपेक्षता घोषणा गरेका हुन’, उनले भने, ‘अब राजा हटाउने र धर्मनिरपेक्षता लाद्ने अभियान हामी मान्दैनौ ।’ उनले हिन्दु धर्मावलम्बीहरुको बाहुल्यता रहेको नेपालमा जनभावना बिपरित गणतन्त्र सहितको धर्मनिरपेक्षता घोषणा गरिएको दाबी गरे । पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले हिन्दु राष्ट्रका नाममा बिश्वमा परिचित मुलुकको अस्तित्व संकटमा पार्न खोजेको आरोप समेत लगाए । ‘जनताले यो व्यवस्था मन पराएका छैनन्’, उनले भने, ‘अब जनताले निर्वाचनमा पखाल्ने छन् ।’ भट्टराईले मुलुकमा बिभिन्न धर्म र समुदायका नाममा द्वेष फैलाउने काम भइरहेकोप्रति चिन्ता जनाए । ‘बिभिन्न समुह र नाममा मुलुकलाई खण्डित गर्ने कुरा उठ्दैन्’, उनले भने, ‘यसले मुलुकलाई खण्डित पार्छ ।’ अध्यक्ष भट्टराईले आउँदो संविधानसभा निर्वाचनमा हिन्दु राष्ट्रको पक्षमा लाग्ने बताउँदै त्यसका लागि आफ्नो तर्फबाट उम्मेद्वार उठाउने बताए । ‘बिचार मिल्ने दलहरुसँग सम्वाद समेत हुँदैछ’, हिन्दुवादी पार्टी नेपाल राष्ट्रिय बिकास पार्टीका संरक्षकसमेत रहेका उनले भने । हिन्दु राष्ट्र र धार्मिक सद्भाव कायम राख्न भन्दै भट्टरा साताव्यापि पू्र्व भ्रमणमा छन् ।

Labels: ,