Thursday, March 21, 2013

बिना लिङ्ग १०० जनाका साथमा सेक्स !

लण्डन, चैत्र ८, ब्रिटेनको म्यान्चेस्टरमा बस्ने एक व्यक्तिले आफ्नो लिङ्ग नभएपनि १०० भन्दा धेरै महिलाहरूसंग सेक्स गरेको बताएका छन् । यद्दपी, उसले आफ्ना धेरैजसो महिला साथीलाइ यस कुराको जानकारीनै दिएनन कि उनीसंग लिङ्ग छैन् । एण्ड्रिउ वार्डल संग सम्बन्धित यो विकार जन्म समय देखिनै थियो । यस विकारलाइ मध्येनजर गर्दै उनलाइ जुन मानसिक पिडा भयो, जसका कारण उनले आत्महत्या गर्ने सम्ममा पुगेका थिए । समाचार पत्र ‘सन’ का अनुसार एण्ड्रिउ अब सर्जरी गरि लिङ्ग प्रत्यारोपित गर्ने प्रक्रियामा रहेका छन् । यदि यस्तो भयो भने उनी आफ्नो हातको मांसपेशीहरूबाट निर्मित लिङ्ग राख्ने पहिलो ब्यक्ति हुनेछन् । एण्ड्रिउले बताए अनुसार उनलाइ अझै पनि विश्वास नलागेको बताएका छन् । ३९ वर्षीय यी व्यक्तिलाइ उनको तीनवटा अप्रेशन गरेपछिमात्र उनको लिङ्ग पूर्ण रूपमा तयार हुने डक्टरहरूले बताएका छन । उक्त लिङ्गले अन्य मानिसहरूको लिङ्गले जस्तै काम गर्न सक्ने पनि बताइएको छ । यदि डक्टरहरूले उनको लिङ्गलाइ पूर्ण रूपमा बनाए भने उनी पनि एक सामान्य व्यक्ति जस्तै सेक्स जिवन बिताउन सक्नेछन् । एण्ड्रिउ अण्डकोषका साथमा जन्मिएका थिए तर उनको लिङ्ग थिएन् । जब उनको जन्म भयो उनकी आमा १७ बर्षकी मात्र थिइन् । उमेर बढ्दै जाँदा एण्ड्रिउको मृगौला मा संक्रमण भयो त्यसपछि उनलाइ ठिक गराउनका लागी साथै मूत्राशयबाट मूत्र बाहिर निकाल्नका लागी १५ वटा अप्रेशन गर्नु परेको थियो । १७ बर्षको उमेरमा एण्ड्रिउले पहिलो महिला मित्र भेटाएका थिए । उनी धेरै नजिकिएपछि उनले आफ्नो बास्तबिकता बताए । ती महिलाले उनका साथमा ४ बर्ष बिताइन् । एण्ड्रिउले बताए अनुसार त्यसपछि उनले १०० भन्दा धेरै महिलाका साथमा सुतेका छन् । यसमा केही संग एक रात र अन्यसंग लामो समय सम्म उनले समय बिताएका थिए । २० प्रतिशत महिलालाइ मात्र उनले आफ्नो बास्तविकता बताएका थिए । (एजेन्सी

Labels: , ,