केटी बेचेको आरोपमा डेढ बर्ष देखि थुनामा परे पछि….!
Like Us On Facebook Click Here
केटी बेचेको आरोपमा डेढ बर्ष देखि थुनामा तर बेचिएकी भनिएकी महिला घरजममा मस्त:- आफ्नी निर्दोश छोरीलाई मानव बेचविखन मुद्धामा प्रहरीले फसाएको भन्दै निग्लीहवाका भुखाली थारुले उनलाई न्याय दिन सरोकारवालाहरु संग अनुरोध गर्नुभएको छ । छोरी अनाहकमा फसेपछि भुखाली थारुका परिवारजन चिन्तित बनेका छन् । निग्लिहवा गाविस वडा नं. ४ विकुलीका भुखाली थारुकी २० वर्षीय छोरी भिमा थारु घरसंगैकी रुखसाना मुसलमान ( नाम परिवर्तन ) लाई बेचविखन गरेको आरोपमा प्रहरीले चलाएको मुद्धामा हाल पाल्पा कारागारमा पुर्पक्षका लागि थुनामा रहेकी छन् । पुर्पक्षका लागि भिमा थारुलाई थुनामा राख्ने जिल्ला अदालत कपिलवस्तुको आदेश भैसकेको केही महिना पछि मात्र घरबाट हराएर वेचविखन भएको भनिएकी रुखसानालाई स्थानीय गोविन्द पौडेलले पक्रेर प्रहरीलाई बुझाएका थिए । प्रहरीले बेचिएकी भनिएकी रुखसानालाई परिवारजनलाई बुझाएको थियो ।
भारतमा बेचिएकी भनिएकी रुखसाना सकुशल घरपरिवारमा आएपछि उनी नबेचिएकी र आफ्नी छोरीलाई अनाहकमा फसाइएको भन्दै उनका बाबुले छोरीलाई छुटाउन र न्याय दिलाईदिन पत्रकार, नागरिक समाजका अगुवा, प्रशासन तथा दलका नेताहरु संग याचना गरिरहेका छन् । रुखसाना बेचविखन नभई जितपुर स्थित जनता टेण्ट हाउसमा कार्यरत एक जना मजदुर केटासंग विवहा गरेको रहस्य खुलेको छ । टेण्ट हाउसमा कार्यरत मजदुर रिजुवान चौधरीसंग रुखसाना घरबाट हिडेकै दिन देखि सोही टेण्ट हाउसमा बस्दै आएको मजदुर चौधरीले बताउनुभयो । संगै बसेको केही महिना पछि आफुहरुको मन मिलेका कारण आफुहरुले मुस्लिम परम्परा अनुसार निकाह गरी विवहा गरेको रिजुवानले संचारकर्मीहरुलाई जानकारी दिए । रुखसानाले रिजुवानसंग विवहा गरेर १० । १५ जना साथी भाईलाई समेत भोज खुवाएको र आफुसंगै आफ्नै घरमा राख्दै आएको जनता टेण्ट हाउस जितपुरका प्रोपराईटर साहबुद्दिन मुसलमान बताउछन् । रुखसाना वेचिएकी भन्ने कुरा सत्य होईन, हामी जहां गएर पनि भन्न सक्छौं करीब एक वर्ष सम्म रुखसाना र रिजुवानसंगै वसेका छन्, साहबुद्दिनले भने, “रुखसानाको वेचविखन भएकै होईन, भिमा माथि लागेको आरोपमा कुनै सत्यता छैन ।” उहाले दाबी गर्नुभयो ।
Video Down Here:

Labels: News
<< Home