Thursday, December 13, 2012

विपक्षीले एमाओवादी फुटाउन खोज्योः प्रधानमन्त्रीका सल्लाहकार

Like Us On Facebook Click Here

२८ मंसिर, काठमाडौं । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देबेन्द्र पौडेल सुनिलले विपक्षीहरुले एमाओवादी फुटाउन खोजेको आरोप लगाउनु भएको छ । बाबुराम भट्टराईको ठाँउमा अध्यक्ष प्रचण्डलाई स्वीकार्ने विपक्षीहरुको कुरा धमिलो पानीमा माछा मार्ने दाउँ र पार्टी फुटाउने चालमात्रै भएको उहाँको भनाई छ । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा माओवादी नेता समेत रहेका पौडेलले संवैधानिक निकायमा पदाधिकारी नियुक्ति, संविधानसभाको निर्वाचनको मिति घोषणा, संविधानका सहमति भएका विषयलाई समेटेर संविधानको प्रारम्भिक खाँका तयार पार्ने विषयमा प्याकेजमै सहमति भए मात्रै प्रधानमन्त्रीले मार्गप्रसस्त गर्ने स्पष्ट पार्नुभयो । उहाँले पूर्ण बजेट नस्वीकार्ने, संवैधानिक नियुक्ति गर्न नमान्ने विपक्षीले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवार स्वीकार्न बाध्य नभएको बताउनुभयो । उहाँले भन्नुभयो-’प्याकेजमै सहमति नभई काग्रेस सभापति सुशिल कोइरालालाई स्विकार्दैनौ । उमेदवार त सुशीलजीले मात्रै होईन मुस्कान सेनाले पनि घोषणा गरेको छ ।’ साक्षात्कारमा काग्रेस नेता डा. प्रकाशसरण महतले एमाओवादीले भने जस्तो संविधानका विवादित अन्र्तबस्तुमा सहमति हुनै नसक्ने बताउनु भयो । संघीयता र गणतन्त्रलाई स्विकार्ने बाहेक अन्य विषयमा सहमति खोज्नु जनताको अधिकारमाथिको कुठाराघात भएको भन्दै उहाँले दलहरुमा त्यस्तो कुनै हैसियत नभएको बताउनु भयो ।

Labels: