Tuesday, December 4, 2012

बेलडाँगी २ मा फेरी आगलागि (भिडियो सहित )

Like Us On Facebook Click Here
दमक ।
झापाको दमकस्थित भुटानी शरणार्थी शिविर वेलडाँगी २ मा आज अपरान्ह आगलागि भएको छ ।
बेलडाँगी २ को सेक्टर सी मा आज अपरान्ह भएको आगलागिबाट करिव ८६ वटा छाप्रा नष्ट भएका छन् ।
दमकका २ वटा तथा इटहरीको एउटा दमकल तथा शरणार्थीहरू, स्थानीयवासी र सशस्त्र प्रहरीको प्रयासबाट करिव दुई घण्टामा आगो नियन्त्रणमा आएको बेलडाँगी बजारका व्यवसायी युवराज कुँवरले जानकारी दिए । खाना पकाउने ग्याँस चुहिएर आगलागि भएको हुनसक्ने स्थानीय शरणार्थीहरूले आशंका गरेका छन् । उनीहरूका अनुसार आगलागिकै क्रममा केही ग्यास सिलिण्डर समेत पड्किएका थिए । आगलागिबाट भएको क्षतिको विवरण आउने क्रममा छ ।

Labels: