Sunday, December 2, 2012

Hindi Movie Talaash Make 83 Lakhs In 2 Days

Like Us On Facebook Click Here
आमिर खानको बहुप्रतिक्षित बलिउड फिल्म तलासले बलिउड बक्स अफिसमा गतिलो सुरुवात गर्दै पहिलो दुइ दिनमै झण्डै ४३ करोड भारु कलेक्सन गर्न सफल भएको छ । तलाशले स्वदेश अर्थात भारत भित्रका हलहरुमा मात्रै झण्डै ३१ करोड कलेक्सन गरेको छ ।
शुक्रबार रिलिज भएको तलाशले पहिलो दिन साढे १४ करोड कलेक्सन गरेकोमा शनिवार १६ करोड ३७ लाख कमाइ गर्यो । यो कलेक्सन भारतका हलहरुको मात्र हो ।
उता भारत बाहेक विश्वका विभिन्न देशमा गरी तलाशले दुइ दिनमै थप १२ करोड २७ लाख भारु कमाएको छ । समाचार अनुसार यो फिल्मले विदेशमा सबैभन्दा बढि युएइमा झण्डै ६ करोड भारु कलेक्सन गरेको छ ।
४० करोड भारुको लगानीमा बनेको तलाशले दुइ दिनमै आफ्नो लगानी उठाएको छ । तलाशको बक्स अफिस कलेक्सनमा अझै सुधार हुने र यसले कमाइमा बलिउडका अरु नामी फिल्मलाई धक्का दिने अनुमान विश्लेषकहरुले गरेका छन् ।
उता टेलिभिजन शो को विवादास्पद विषयलाई लिएर कैयौँ भारतीय युवाहरुले आमिर खानको फिल्म तलाश बहिस्कार गरेका छन् ।
आमिर खान, रानी मुखर्जी र करीना कपूरको मुख्य भूमिका रहेको तलाशलाई रीमा कागतीले निर्देशन गरेकी हुन् ।

Labels: